सुनाखरी न्युज/ काठमाडौं ।
एनएमबि बैंकले एसियाली प्याराओलम्पिक खेलकुदमा नेपाललाई पहिलो कास्ग पदक दिलाउन सफल प्यारातेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई सम्मान गरेको थियो ।
उनको अभुतपूर्व उपलब्धिको सम्मानमा, बैंकले गोबर्धनलाई नगद पुरस्कार रु. ५ लाख १ हजार र उनका प्रशिक्षक कविराज नेगी लामालाई रु. १ लाख १ हजार रुपैयाँ प्रदान गरिएको बैंकले जनाएको छ । पलेशा गोबर्धनको प्रतिनिधित्व गरी उनको अभिभावकले उक्त नगद ग्रहण गरिएको थियो ।
पलेशाको उपलब्धि र नेपालमा खेलकुदको भावनाको सम्मान गर्दै एनएमबि बैंकको विशेष समारोहमा गोबर्धन र उनका प्रशिक्षकलाई सम्मान स्वरुप नगद हस्तानतरण गरिएको गरिएको विज्ञप्तिमार्फत जनाएको छ ।