२०८१ आश्विन १२ , शनिवार

४९ अंक बढ्यो सेयर बजार, कारोबार घट्यो

share-market-bullish

सुनाखरी न्युज/ काठमाडौं ।

तीन कारोबार दिनपछि बुधवार सेयर बजार परिसूचक (नेप्से) उच्च अङ्कले बढेको छ । २४७३ बिन्दुबाट सुरु भएको कारोबार ४९ अङ्कले बढ्दै परिसूचक २५१९.५७ बिन्दुमा उक्लिएको हो ।

यसअघि आइतबार कारोबार ११.५८ अङ्कले बढेको थियो । सोमबार र मंगलबार भने बजार समान ५९/५९ अङ्कले घट्यो । आज २२३ कम्पनीको मूल्य बढेको छ । १८ कम्पनीको मूल्य घट्दा तीन कम्पनीको स्थिर रह्यो ।

परिसूचक उच्च अङ्कले बढे पनि आज कारोबार रकम भने घटेको छ । बुधवार ३२७ कम्पनीको १ करोड २४ लाख ९८ हजार कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ८१ करोड ३२ लाख रुपैयाँको कारोबार भएको छ । बुधवार पाँच वटा कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ ।