२०८१ मंसिर १० , सोमवार

दुर्गा प्रसाईंलाई थप ७ दिन हिरासतमा राख्नुपर्ने प्रहरीको माग

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

प्रहरीले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई म्याद थप गर्न अदालतमा उपस्थित गराएको छ । साइबर ब्युरोले उनलाई थप ७ दिन हिरासतमा राख्नु अनुमति मागेको छ ।

असोज ६ मा प्रसाईंलाई प्रहरीले भक्तपुरको थिमी स्थित उनको घरबाट पक्राउ गरेको थियो । उनलाई ७ दिन हिरासतमा राख्न अनुमति मागेर अदालतमा पेस गरिएको साइबर ब्युरोका एक जना अधिकृतले बताए ।

प्रसाईंसँगै बागलुङका जीवन पाण्डे र धादिङका प्रकाशचन्द्र दाहाल विरुद्ध पक्राउ अनुमति जारी भएको छ ।