सुनाखरी न्युज/ काठमाडौं ।
नेपाल वायुसेवा निगमको अन्तर्राष्ट्रिय उडानका टिकटहरु काठमाडौं बाहिर हाल भैरहवा स्थित निगमको कार्यालयबाटमात्र बिक्रिवितरण भइरहेकोमा आगामी बडादशैं, तिहार तथा छठ पर्व जस्ता चाडपर्वको समयमा र सो पश्चात् समेत निरन्तर रहने निगमले जनाएको छ।
नेपाल वायुसेवा निगमका उडानहरुबाट यात्रा गर्न सहज रुपमा टिकट प्राप्त होस भनी निगमका विराटनगर, पोखरा र नेपालगञ्ज स्थित कार्यालयहरुबाट समेत वितरण गर्ने व्यवस्था मिलाउन र यसलाई प्रभावकारी रुपमा लागू गर्न सम्बन्धीत विभागीय प्रमुखहरुलाई निगमका कार्यकारी अध्यक्ष युबराज अधिकारीले विशेष निर्देशन दिएको छ ।
साथै, यात्रुहरुले आफ्नो मोबाइलबाट वा निगमको Web-siteबाट समेतOnline Ticketलिन सकिने व्यवस्था रहेकोमा स्थानीय ठाउँबाट समेत सेवा दिदा सेवाग्राहीले अझ प्रभावकारी ढंगले Ticketing सेवा लिने विश्वास लिइएको उनले बताए ।