२०८१ मंसिर १० , सोमवार

एकै महिनामै  भित्रियो एक खर्ब ३६ अर्ब रेमिटेन्स

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो महिना (साउन) मै १ खर्ब ३६ अर्ब ९६ करोड रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ ।नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आँकडा अनुसार साउनमा भित्रिएको यो रेमिट्यान्स अघिल्लो आव साउनको तुलनामा १८ प्रतिशत धेरै हो ।

गत आर्थिक वर्ष २०८०/८१ को पहिलो महिनामा एक खर्ब १६ अर्ब रेमिटेन्स भित्रिएको थियो। यो अवधिमा नेपालबाट ३५ करोड रूपैयाँ बराबर रेमिटेन्स बाहिरिएको छ। यसअघिको वर्ष एक महिनामा ८३ करोड रूपैयाँ बाहिरिएको थियो।अमेरिकी डलरमा विप्रेषण १ अर्ब २ करोड भित्रिएको छ ।

यस अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिनेको संख्या (संस्थागत र व्यक्तिगत) नयाँमा ३६ हजार ९ सय २८ र पुनः श्रम स्वीकृति लिनेको संख्या २२ हजार ६ सय ४७ छ ।