२०८१ मंसिर १२ , बुधवार

नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघको आयोजनामा एक दिने अन्तरक्रिया कार्यक्रम हुने

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडको प्राविधिक सहकार्य तथा नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघको आयोजनामा “Nepal – Demystifying Path to Prosperity”नामक एक दिने अन्तरक्रिया कार्यक्रम सञ्चालन हुने भएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषयविज्ञ, अग्रज व्यक्तित्व तथा लगानीकर्ताहरूको उपस्थितीमा यहि मिति २०८१ असोज ११ गते काठमाडौं मेरियट होटलमा उक्त कार्यक्रम सञ्चालन हुने भएको हो ।

उक्त कार्यक्रमबाट नेपालमा वैदशिक लगानी प्रोत्साहन हुने तथा सो सम्बन्धी बहुआयामिक विषयहरूमा विभिन्न सरोकारवालाहरूको छलफलबाट देशमा लगानीको वातावरणमा सुधार हुने र लगानी व्यवस्थापन कार्यमा समेत थप टेवा पुग्ने विश्वास नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडले लिएको बताए ।

नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेड नेपाल एसबिआई बंैक लिमिटेडको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो । नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडले भारतको एसबिआई क्यापिटल मार्केट्स लिमिटेड (एसबिआईक्याप्स्) सँग संस्थागत परामर्श सेवाका लागि प्राविधिक सहकार्य समेत गरिरहेको छ ।