सुनाखरी न्युज/ काठमाडौं ।
सुयोग गुरूङको निर्देशनमा बन्न लागेको लभस्टोरी फिल्म ‘जेरी अन टप’ मा अभिनेत्री सुरक्षा पन्त अनुबन्धित भएकी छन्। निर्माण कम्पनी अनन्या फिल्मस् र अभिनेत्री पन्तबीच बुधबार सम्झौता भएको हो।
यो फिल्मको प्रमुख कलाकारमा अभिनेता अनमोल केसीसँगै अभिनेत्रीहरू आँचल शर्मा र जसिता गुरुङ यसअघि नै अनुबन्ध भइसकेका छन्। निर्माता न्यौपानेले दर्शकको रोजाइ र चाख अनुसार फिल्म बनाउने बताए।
फिल्मको स्क्रिप्टमा चर्चित कथावाचक साइग्रेस पोखरेल पनि जोडिएका छन्। फिल्म यसै साताबाट फ्लोरमा जान लागेको जनाइएको छ।फिल्मको प्रदर्शन भ्यालेन्टाइन्स डेको अवसर पारेर फागुन २ गतेलाई तय गरिएको छ।