२०८१ आश्विन १२ , शनिवार

नेप्से परिसूचकमा ३२.८१ अंकको गिरावट,चार अर्ब ८४ करोडको कारोबार

Share-Working

सुनाखरी न्युज/ काठमाडौं ।

बुधबार दोहोरो अंकले बढेको नेप्से परिसूचक बिहीबार घटेको छ। नेप्सेको वृद्धि दोस्रो दिन नै टिक्न नसकेको हो।

बुधबार ४९.१८ अंकले बढेर २५१९.५७ विन्दुमा पुगेको नेप्से बिहीबार ३२.८१ अंकले ओरालो लागेको हो।यसदिन नेप्से २४८६.७६ विन्दुमा बन्द भएको छ।आज अघिल्लो दिनको तुलनामा कारोबार रकममा थोरै वृद्धि भएको छ।बुधबार चार अर्ब ८१ करोड रूपैयाँको कारोबार भएकोमा यसदिन चार अर्ब ८४ करोडको कारोबार भएको छ।

अघिल्लो दिनको तुलनामा कारोबार रकममा तीन करोड रूपैयाँ वृद्धि भएको हो।आज ३२२ वटा धितोपत्रको एक करोड ३६ लाख ९१ हजार ५९६ कित्ता सेयर किनबेच भएको हो।