२०८१ आश्विन ११ , शुक्रवार

यस्तो छ स्थानीय तह उपनिर्वाचन कार्यक्रम

Nirbachan-Ayog (1)

सुनाखरी न्युज/ काठमाडौं ।

मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनको लागि निर्वाचन आयोगले कार्यक्रम स्वीकृत गरेको छ। बिहीबार बसेको बैठकले निर्वाचन कार्यक्रम स्वीकृत गरेको सहसचिव एवं प्रवक्ता नारायणप्रसाद सापकोटाले जानकारी दिए।मंसिर २ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुनेछ।

सोही दिन बेलुकी ५ बजेदेखि ६ बजेसम्ममा उम्मेदवारको सूची प्रकाशन हुने आयोगले जनाएको छ।मंसिर ३ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिन पाइनेछ।त्यसैगरी सोही दिन दिउँसो ३ बजेदेखि मंसिर ४ गते बेलुका ५ बजेसम्ममा मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ एवं निर्णय गर्ने आयोगको कार्यक्रम छ।

IMG_0002-1727349357.jpg