२०८१ आश्विन ११ , शुक्रवार

एनएमबि बैंकद्वारा NMB NextGen Banking Leaders Scholarshipको घोषणा

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

एनएमबि बैंकले भविष्यका बैंकिङ्ग क्षेत्रका लिडरहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले NMB NextGen Banking Leaders Scholarship को घोषणा गरेको छ ।बैंकले काठमाण्डौँ विश्वविद्यालयमा स्नातक तहमा अध्यनरत प्रत्येक प्रदेशका एक–एक गरी जम्मा सात जना विद्यार्थीहरुलाई यो छात्रवृत्ति प्रदान गरेको छ ।

विद्यार्थीहरुमा अग्रीमरुपमा नेतृत्व शैली विकास गर्दा बैंकिङ्ग क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन सकिने विश्वास एनएमबि बैंकले लिएको जनाए । यस छात्रवृत्तिको मुल उद्देश्य प्रतिभावान विद्यार्थीहरुमा लगानी गरी बैंकीङ्ग क्षेत्रको भविष्य सुनिश्चित गर्नु हो ।

विद्यार्थीहरुलाई बैंकिङ्ग क्षेत्रमा आवश्यक पर्ने शीप तथा ज्ञान प्रदान गर्दै भावि दक्ष बैंकरहरु उत्पादन गरी बैंकिङ्ग क्षेत्रको विकासमा टेवा पु¥याउने लक्ष्य एनएमबि बैंकले लिएको जनाए ।