२०८१ आश्विन ११ , शुक्रवार

स्वस्थानी यातायातले सञ्चालनमा ल्यायो काठमाडौं/पोखरा सुपर एसी बस

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

यातायात क्षेत्रका पुरानो र सफल युवा व्यवसायी ईश्वर थापा (खोम) द्धारा स्वस्थानी यातायात (Air Bus)काठमाडौं पोखरा रुट मा सुविधा सम्पन्न अन्तराष्ट्रिय मापदण्डको बस सेवा सञ्चालन मा ल्याएका छन् ।

आउँदै गरेको चाडपर्व लक्षित गरि सो ट्राभल्सले सुविधा सम्पन्न सोफा सीट जडान गरिएको दुइवटा बस बाट सेवा सुरु गरेको छ । छोटो समयमा नै थप बस समेत सञ्चालनमा आउने कम्पनीले जनाएको छ ।

यात्रु हरुको सुविधालाई ध्यान मा राखेर आधुनिक सोफा सेट, एसी, हीटर, मोबाइल चार्जर पोइन्ट र वाइफाइ को समेत सुविधा रहेको सञ्चालक ईश्वर थापाले बताए । सञ्चालक थापा निकै लामो समयदेखि पृथ्वी राजमार्ग अन्तर्गत सञ्चालन हुने यातायात को क्षेत्रमा एक सफल तथा चर्चित व्यवसायी पनि हुन् ।

हाल लाई यो यातायातले पोखरा र काठमाडौंबाट दिउँसोको समयमा सेवा सुचारु गरेको छ । उक्त बस को टिकट अनलाइन मार्फत पनि खरिद गर्न सकिने सञ्चालक हरुले बताएका छन् ।उक्त बस सेवाको आज राष्ट्रिय यातायात व्यवसायी महासंघका अध्यक्ष विजय बहादुर स्वार द्धारा उद्दघाटन भई सञ्चालनमा आएको छ ।