२०८१ आश्विन १९ , शनिवार

नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट,कारोबार रकम चार अर्ब पाँच करोड

Share Down

सुनाखरी न्युज/ काठमाडौं ।
आइतबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ।यसदिन नेप्से २२.३६ अंकले घटेर २४६४.४० विन्दुमा बन्द भएको छ।आज अघिल्लो दिनको तुलनामा कारोबार रकममा पनि घटेको छ।

बिहीबार चार अर्ब ८४ करोड रूपैयाँको कारोबार भएकोमा यसदिन चार अर्ब पाँच करोडको कारोबार भएको छ।अघिल्लो दिनको तुलनामा कारोबार रकममा ७९ करोड रूपैयाँ कमी आएको हो।

आज ३२७ वटा धितोपत्रको एक करोड ३ लाख ११ हजार ८८५ कित्ता सेयर किनबेच भएको हो।आइतबार ४६ कम्पनीको सेयर मूल्य बढेको छ भने १९३ वटाको घटेको छ। यस्तै, पाँच कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।