२०८१ आश्विन १३ , आइतवार

झ्याप्ले खोला पहिरो : मृत्यु हुनेको संख्या ३५ पुग्यो

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

धादिङको धुनीबेशी झ्याप्लेखोलामा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या ३५ पुगेको छ ।अहिलेसम्म तीन वटा फरक गाडीबाट ३५ जनाको शव सुरक्षाकर्मीहरुले निकालेका छन् ।

शनिबार साँझ झ्याप्ले खोलामा पहिरोले गाडी पुरिएको देखिएपछि उत्खनन् सुरु भएको थियो । सो क्रममा शनिबार राति १४ वटा शव सुरक्षाकर्मीले निकालेका थिए । जसमध्ये ८ पुरुष र ६ महिला थिए ।त्यसैगरी आइतबार थप दुई वटा गाडीबाट २१ जनाको शव निकालिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले दिए ।ती मध्ये १२ जना पुरुष र ४ जना महिला छन् ।

त्यसैगरी गोरखाबाट काठमाडौं आउँदै गरेको बसबाट ५ जना शव निकालिएको छ । जम्मा ३५ वटा शव निकालिएकोमा २५ पुरुष र १० महिला छन् ।निकालिएको सबै शवहरु त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टमका लागि पठाइएको छ । शुक्रबारदेखि आएको वर्षाका कारण आएको बाढी र पहिरोमा परेर मृत्यु हुनेको संख्या १३२ पुगेको छ ।