२०८१ पुष १० , बुधवार

एनएमबि बैंकद्वारा विश्व मुटु दिवसको अवसरमा निःशुल्क स्वास्थ्य जाँच शिविर सञ्चालन

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

एनएमबि बैंक लिमिटेडले बैंकको ग्राहक तथा समुदायका सदस्यहरुलाई मध्यनजर गर्दै असोज १३ गते विश्व मुटु दिवस, २०२४ को अवसरमा बैंकको ग्राहकहरु र समुदायकामा रहेका सदस्यहरुलाई मुटुको स्वास्थ्य सम्बन्धी चेतना जगाउने उद्देश्यका साथ बैंकको बबरमहल, धरान, मिलनचोक र महेन्द्रनगर शाखामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

एनएमबि बैंकले ग्राहक तथा समुदायको वित्तीय क्षेत्रमा मात्र नभई ग्राहक तथा समुदायका सदस्यहरुको स्वास्थ्यलाई समेत मध्यनजर गर्नुपर्ने बिश्वासका साथ निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको जनाए ।

उक्त कार्यक्रमा स्वास्थ्यकर्मी र विशेषज्ञहरुले साधारण स्वस्थ्य परिक्षण गरि मुटुलाई स्वस्थ राख्नका लागि आवश्यक केही महत्वपूर्ण जानकारीहरु उपलब्ध  गराए । साथै, यसै कार्यक्रको माध्यमबाट मुटुसँग सम्बन्धित रोग लाग्न सक्ने प्रमुख कारण, स्वस्थ जिवनयापन र नियमित स्वास्थ्य परिक्षणको महत्व बारे जानकारी प्रवाह गराए ।