२०८१ आश्विन १४ , सोमवार

बलिउड अभिनेता मिथुन चक्रवर्तीलाई दादासाहेब फाल्के अवार्ड दिइने

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

बलिउड अभिनेता मिथुन चक्रवर्तीले दादा साहेब फाल्के अवार्ड पाउने भएका छन्।युनियन मिनिस्टर अश्विनी वैष्णवले सामाजिक सञ्जालमार्फत उक्त जानकारी दिएका हुन्।

‘मिथुन दाको शानदार फिल्मी यात्राले थुप्रै पुस्तालाई सम्मानित गर्नेछ। यो घोषणा गर्न पाउँदा मलाई गर्व महसुस भइरहेको छ। भारतीय सिनेमामा उनको विशिष्ट योगदानका लागि पुरस्कार दिने निर्णय लिइएको छ,’ उनले लेखेका छन्।

७० औं राष्ट्रिय चलचित्र अवार्ड समारोहमा उनलाई सम्मानित गरिने छ। यो समारोह ८ अक्टोबर २०२४ मा हुनेछ।