२०८१ आश्विन १४ , सोमवार

जतिसक्दो चाँडो नयाँ नेता चयन गर्ने हिजबुल्लाहको घोषणा

sunakhari2502

सुनाखरी न्युज/ काठमाडौं ।

इजरायलले आफ्ना नेता हसन नसरल्लाहको हत्या गरेपछि हिजबुल्लाहका उपनेता नईम कासिमले आफ्नो समूहले ‘जतिसक्दो चाँडो’ नयाँ प्रमुख चयन गर्ने बताउनुभएको छ ।उहाँले इरान समर्थित आन्दोलनले इजरायलसँग निरन्तर लड्ने र कुनै पनि स्थलगत आक्रमणको सामना गर्न तयार रहेको पनि बताउनुभएको छ ।हिजबुल्लाहको अल–मनार च्यानलमा प्रसारण गरिएको भिडियो सम्बोधनमा कासिमले भन्नुभयो, “हामी जतिसक्दो चाँडो पार्टीको नयाँ महासचिव चयन गर्नेछौं।”सम्बोधनमा उहाँले नसरल्लाहको अन्त्येष्टि कहिले गर्ने भन्नेबारे केही बताउनुभएन ।

कासिमका अनुसार दक्षिणी लेबनानमा हिजबुल्लाहका शीर्ष कमाण्डर अली काराके र समूहका अन्य दुई सदस्यसँगको भेटघाटका क्रममा नसरल्लाहको इजरायली आक्रमणबाट मृत्यु भएको थियो ।कासिमले आफू २० जनाभन्दा बढी अन्य नेतासहित मारिएको इजरायली सेनाको दाबीको खण्डन गर्नुभएको छ ।

कासिमले हिजबुल्लाहले गाजा र प्यालेस्टिनीको समर्थनमा लेबनान र त्यहाँका जनताको रक्षाका लागि इजरायलसँगको युद्ध जारी राख्ने बताउनुभएको छ ।उहाँले भन्नुभयो, “हामी जस्तोसुकै परिस्थितिको सामना गर्नेछौं र यदि इजरायलले स्थलमार्गबाट प्रवेश गर्ने निर्णय गर्‍यो भने हामी तयारी अवस्थामा छौं।”  रासस/एएफपी