२०८१ आश्विन १४ , सोमवार

बाढीपहिरो पिडितलाई महासंघद्धारा राहत

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

यही २०८१ असोज १० गतेदेखिको अविरल बर्षाका कारण मुलुकका विभिन्न भागमा भएको जनधनको क्षतिप्रति नेपाल उद्योग वाणिज्य महासंघ गहिरो दुःख व्यक्त गरेका छन्। महासंघ विपदमा ज्यान गुमाउनुहुनेहरु प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारमा गहिरो समवेदना प्रकट गरेका हुन। साथै घाइतेहरुको सिघ्र स्वास्थ लाभको कामना गरेका छन्।

विपदको यस घडिमा जिल्ला उद्योग वाणिज्य संघ मार्पmत अति प्रभावित जिल्लालाई एक/एक लाख रुपैयाका दरले राहत रकम प्रदान गर्ने महासंघले निर्णय गरेको बताए । महासंघका सदस्य जिल्ला उद्योग वाणिज्य संघहरु मार्पmत उक्त रकम राहतका लागि उपयोग गरिनेछ ।

यसका साथै विपदको यस समय आ आप्mनो तर्पmबाट आवश्यक सहयोग उपलब्ध गराउन महासंघ कार्यकारिणी समिति सदस्य लगायत सदस्य जिल्ला नगर उद्योग वाणिज्य संघ, वस्तुगत संघ, एसोसिएट एवं द्धिराष्ट्रिय संघहरु एवं सम्पूर्ण उद्यमी व्यवसायीहरुलाई पनि आग्रह गरे। यसैगरि बाढि पहिरोका कारण यातायात अवरुद्ध भएको यस घडिमा अत्यावश्यकीय सामान लगायतको आपूर्तिका लागि यथासम्भव सक्रिय रहन महासंघ आप्mना सम्पूर्ण सदस्यहरुमा आव्हान पनि गरेका छन्।

उद्धारका क्रममा आवश्यक उपकरणको सरकारबाट समेत माग भएको सन्दर्भमा उक्त सामाग्री यथासम्भव उद्धारकार्यमा संलग्न सरकारका निकायलाई उपलब्ध गराइ दिन पनि महासंघ आप्mना सदस्यहरुलाई आग्रह गरे। संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत महासंघले मुलुक विपतमा परेका बखत सधै अग्रभागमा रहेर सहयोग प्रदान गर्दै आएको छ ।