२०८१ आश्विन १५ , मंगलबार

तीन दिनसम्म राष्ट्रिय झण्डा आधा झुकाइने

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

सरकारले असोज ११ र १२ गते परेको अविरल वर्षाका कारण भएको जनधनको अपूरणीय क्षतिप्रति दुःख प्रकट गर्दै राष्ट्रिय शोकको घोषणा गरेको छ।

प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएलगत्तै सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मंगलबारदेखि तीन दिनसम्म राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको हो।

दुई दिनको लगातारको वर्षापछि उत्पन्न बाढी—पहिरोबाट हालसम्म २०९ जनाको मृत्यु भएको छ भने २९ जना बेपत्ता छन्। बाढीबाट काठमाडौं उपत्यकासहित काभ्रे, सिन्धुपाल्चोक, मकवानपुर, धादिङ, सिन्धुली, रामेछाप बढी प्रभावित छन्।