२०८१ आश्विन १५ , मंगलबार

एमाले सचिवालय बैठक सुरु

Capture
सुनाखरी न्युज/ काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सचिवालय बैठक राजधानीको एक होटलमा सुरु भएको छ । एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीका अनुसार पार्टी केन्द्रीय कार्यालय डुबानमा परेकाले बैठक अयन्त्र आयोजना गरिएको हो ।
बैठकमा समसामयिक राजनीतिक विषयका साथै  हालैको बाढीपहिरो, राहत तथा उद्धारबारे समीक्षा हुने उहाँले जानकारी दिनुभयो । बैठकमा पार्टीको भावी रणनीतिबारे पनि छलफल हुनेछ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बैठक जारी छ ।रासस