सुनाखरी न्युज/ काठमाडौं ।
मुटुमा समस्या भएपछि दक्षिण भारतीय फिल्म सुपरस्टार रजनीकान्त अस्पताल भर्ना भएका छन् । उनलाई चेन्नईको एपोलो अस्पतालमा भर्ना गरिएको पीटीआईले जनाएको छ ।
उनको आइतबार नै मुटुको शल्यक्रिया गरिने अस्पताल स्रोतले जनाएको छ । हाल उनको अवस्था स्थिर रहेको पीटीआईले जनाएको छ ।
सन् २०२० मा पनि उनलाई ‘गम्भीर उच्च रक्तचाप र थकान’का कारण हैदराबादको अस्पतालमा भर्ना गरिएको थियो । रक्तचाप स्थिर भएपछि डाक्टरले उनलाई एक हप्ता आराम गर्न सल्लाह दिएपछि डिसेम्बर २७ मा डिस्चार्ज गरिएको थियो ।