२०८१ मंसिर ७ , शुक्रवार

अख्तियारका आयुक्तले ७ दिनको तलब बाढीपहिरो पीडितलाई दिने

akhi

सुनाखरी न्युज/ काठमाडौं ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगका आयुक्त, सचिव, सहसचिव, उपसचिव लगायत कर्मचारीहरूले तलबबापत बाढी-पहिरो पीडितलाई सहयोग गर्ने भएका छन्।

बुधबार अख्तियारका प्रवक्ता नरहरि घिमिरेले एक विज्ञप्ति जारी गर्दै बाढी-पहिरो पीडितहरूलाई केही दिनको तलबबाट आर्थिक सहयोग गर्ने निर्णय गरेको जानकारी दिए।प्रमुख आयुक्त/आयुक्तहरूले आफ्नो सात दिनको तलब बाढी-पहिरो पीडितको सहयोगका लागि दिने भएका हुन्। अख्तियारमा प्रमुख आयुक्त एक जना र चार जना आयुक्तहरू छन्।

त्यस्तै सचिवले पाँच दिनको, सहसचिव र उपसचिवस्तरका कर्मचारीहरूको तीन दिन, शाखा अधिकृत वा सो सरहका कर्मचारीहरूको दुई दिन र अन्य कर्मचारीहरूको एक दिनको तलब बराबरको रकम प्रदान गर्ने भएको हो। उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने अख्तियारले निर्णय गरेको प्रवक्ता घिमिरेले जानकारी दिए।