२०८१ आश्विन १९ , शनिवार

नेप्सेमा दोहोरो अंकको गिरावट, ६ अर्ब ७७ करोडको कारोबार

Share

सुनाखरी न्युज/ काठमाडौं ।

सोमबार र मंगलबार दुई दिनमा १६० अंक जोडेको नेप्सेले बुधबार २६ अंक गुमाएको छ।बुधबार नेप्से २६.०७ अंकले घटेर २५९७.४९ विन्दुमा बन्द भएको छ।

आज अघिल्लो दिनको तुलनामा कारोबार रकम पनि घटेको छ।मंगलबार सात अर्ब ६१ करोडको कारोबार भएकोमा यसदिन छ अर्ब ७७ करोडको कारोबार भएको छ।

अघिल्लो दिनको तुलनामा कारोबार रकममा ८४ करोड रूपैयाँ कमी आएको हो।आज ३१० वटा धितोपत्रको एक करोड ५१ लाख ९९ हजार ७६३ कित्ता सेयर किनबेच भएको हो।