२०८१ मंसिर ८ , शनिवार

दसैँभर बिहान साढे चार बजेदेखि नै आन्तरिक उडान

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले रात्रिकालीन उडान हुने सम्पूर्ण विमानस्थलहरू बिहान साढे ४ बजे खुल्ने जनाएको छ । हवाई यात्रुको चाप बढेपछि असोज १७ घटस्थापनादेखि ३० गते पूर्णिमासम्म बिहान ४ः३० देखि राति १२ बजेसम्म चल्ने भएका हुन् ।

यो नियमअनुसार उपकरणको सहायताबाट उडान सेवा हुने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौं, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, भद्रपुर, विराटनगर, जनकपुर, नेपालगञ्ज र धनगढी रहेका छन् ।

प्राधिकरणले आवश्यकताअनुसार समय थप हुन सक्ने पनि जनाएको छ ।