२०८१ पुष १० , बुधवार

ज्योति विकास बैंकका ग्राहकहरुलाई “Jungle Villa Resort”मा विशेष छुट

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

ज्योति विकास बैंक लिमिटेडले कसरा, चितवनस्थित ज्योति विकास बैंकका ग्राहकहरुलाई “Jungle Villa Resort”मा विशेष छुटमा बैंकका ग्राहकहरूलाई १५५ सम्मको विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ।यस सम्झौतापश्चात्, ज्योति विकास बैंकका ग्राहकहरूले उक्त रिसोर्टमा खाना, बेभरेज तथा रुम चार्जमा १५५ सम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।

ज्योति विकास बैंकले ग्राहकहरूको सुविधालाई प्राथमिकतामा राख्दै, देशका अन्य विभिन्न व्यवसायहरूसँग निरन्तर सहकार्य गर्दै, ग्राहकहरूलाई विशेष छुट र सुविधा प्रदान गर्दै आइरहेको छ।हालै बैंकले कमलपोखरीस्थित प्रख्यात “Achar Ghar”,दरबारमार्गस्थित “Mahotsav Restaurant & Bar”हात्तीसारस्थित “Nepal House Restaurant & Bar”तथा कमलादीस्थित “Cafe Lion Heart Tandoori Kitchen”मा बैंकका ग्राहकहरूले १०५ सम्मको आकर्षक छुट प्रदान गर्ने सम्झौता पनि गरेको बैंकले जनाएको छ ।

संस्थागत सुशासनलाई शिरोपर गर्दै, समाजप्रति उत्तरदायी यस विकास बैंकले नवीनतम चिन्तनका साथ समाजको अभ्युदय र दिगो परिवर्तनको संवाहक बन्दै समस्त नागरिकको जीवन जाज्वल्यमान बनाउने उद्देश्यलाई सदैव उच्च प्राथमिकतामा राख्ने कार्यलाई निरन्तरता प्रदान गर्ने र आगामी दिनहरू पनि परिवर्तनको ज्योति बन्ने अठोट प्रति प्रतिबद्ध रहेको जनाए।