सुनाखरी न्युज/ काठमाडौं ।
नेपाली बजारमा आज बिहीबार पनि सुन–चाँदीको मूल्य बढेको छ।बुधबार प्रतितोला आठ सय रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला एक सय रूपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६० हजार नौ सय रूपैयाँमा कारोबार भइरहेको छ।
त्यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ। चाँदी आज प्रतितोला एक हजार नौ सय ५० रूपैयाँमा किनबेच भइरहेको छ।यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रूपैयाँ बढेको हो।