सुनाखरी न्युज/ काठमाडौं ।
पूर्वराजा ज्ञानेन्द्र शाह परिवारका सदस्यसहित भुटान गएका छन् । उनी भुटान एयरलाईन्सको जहाजमार्फत बिहीबार भुटानको थिम्पु पुगेका हुन् ।
शाहसँगै उनकी छोरी प्रेरणासहित परिवारका सदस्यहरु शिताष्मा शाह, राजेश सिंह र स्वकीय सचिव सागर तिमल्सिना पनि भुटान गएका हुन् । शाह भुटानको राजधानी थिम्पु पुग्दा भुटानी राजकुमारीले स्वागत गरेकी छन् ।
शाहको भुटान भ्रमण निजी रहेको शाहका सम्वाद सचिव फणिराज पाठकले जानकारी दिएका छन् ।पूर्वराजा शाह असोज २० गते आइतबार स्वदेश फर्कने बताइएको छ ।