२०८१ माघ ३ , बिहिवार

एनसिसीएस समूहद्वारा प्रधानमन्त्री उद्धार कोषमा पाँच लाख सहयोग

PradhanmantrikoSachiwalaya-31WhatsAppImage2024-08-15at1.34

 

सुनाखरी न्युज/ काठमाडौँ ।

नेशनल क्रिएटिभ कोएजुकेशनल स्कूल (एनसिसीएस) समूहले हालैको बाढीपहिरो र डुबान प्रभावितको सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु पाँच लाख छ हजार पाँच सय ५० प्रदान गरेको छ ।अविरल वर्षा कारण हजारौँ नागरिक विस्थापित हुने अवस्था आएपछि एनसीसीएस र यसमा आबद्ध शिक्षक तथा कर्मचारीहरूको तर्फबाट उक्त रकम प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा जम्मा गरिएको हो ।

विगतमा पनि एनसीसीएसले प्राकृतिक विपत्तिका कारण धनजनको क्षति हुनेगरी देश अफ्ठयारो अवस्थामा पुग्दा सहयोग गर्दै आएको छ । देश समस्यामा पर्दा सबैले मिलेर सहयोग गर्नुपर्ने एनसीसीएसको भनाइ छ । यही असोज ११ र १२ गते देशका विभिन्न भू(भागमा परेको अविरल वर्षाका कारण बाढीपहिरो तथा डुबानबाट उत्पन्न विनाशकारी विपद्ले राष्ट्रलाई ठूलो जनधनको क्षति पुर्‍याएको छ ।

विपद्बाट प्रभावित नागरिकलाई तत्काल राहत सामग्री वितरण, उद्धार र पुनःस्थापनाका लागि प्रधानमन्त्रीकै सक्रियतामा यो दैवी प्रकोप उद्धार कोष खडा गरिएको हो ।