सुनाखरी न्युज/ काठमाडौँ ।
मनसुनका कारण कही महिना स्थगित भएको पोखराको हट एअर बेलुन यसै सातादेखि पुनः सञ्चालनमा आएको छ। हट एअर बेलुन साहसिक पर्यटकीय खेल हो । पछिल्लो समय साहसिक पर्यटनका पारखीहरूको रोजाइमा यो खेल परेको बेलुन नेपालका अध्यक्ष विक्रम बाडेले जानकारी दिए ।पछिल्लो समय साहसिक पर्यटनका पारखीहरूको रोजाइमा यो खेल परेको बेलुन नेपालका अध्यक्ष विक्रम बाडेले जानकारी दिए ।
कम्पनीले करिब ९ हजार फिटमाथिसम्म हटएअर बेलुनमा उडान गर्दै आएको छ । बेलुनबाट माछापुच्छ्रे, अन्नपूर्णलगायत हिमालहरू, पूर्ण आकारको फेवाताल, पुम्दिकोट महादेव, सराङ्कोट मान्द्रेढुङ्गाबाट उड्ने प्याराग्लाइडिङ तथा पोखरा उपत्यका आसपासको सुन्दर दृश्यावलोकन गर्न सकिनेछ । कम्पनीले ९ एन( एएमडब्लु कलसाइनको बेलुनमा पाइलट बाहेक ८ जना र ९ एनभी कलसाइनको बेलुनमा पाइलट बाहेक एक पटकमा १२ जना यात्रुलाई उडान गर्दै आएको छ। बेलुन नेपालले आगामी क्रिसमस र अंग्रेजी नयाँ वर्ष सन् २०२५ लाई लक्षित गर्दै डिसेम्बर २४ देखि जनवरी १ सम्म पर्यटकिय राजधानी पोखरामा अन्तर्राष्ट्रिय बेलुन महोत्सव आयोजना समेत गर्दैछ ।
कति लाग्छ शुल्क ?
हट एअरु बेलुनमा उड्नका लागि नेपाली पर्यटकलाई ११ हजार रुपैयाँ शुल्क लाग्नेछ । यस्तै सार्क मुलुकका पर्यटकका लागि १२० डलर र अन्य मुलुककालाई १५० डलर शुल्क कायम छ । उक्त शुल्क तिरेपछि उडानसँगै ब्रेकफास्ट, लेकसाइडदेखि पामेसम्मको दुइतर्फी यातायात सुबिधा, फोटो ( भिडियो र प्रमाणपत्रसमेत पाइन्छ ।