२०८१ माघ ३ , बिहिवार

नारायणघाटदेखि काठमाडौंसम्म ट्रेलर लगायतका ठूला सवारी सञ्चालनमा रोक

Capture

सुनाखरी न्युज/ काठमाडौँ ।

यातायात व्यवस्था विभागले चितवनको नारायणघाटदेखि काठमाडौंसम्मका सडकमा घटस्थापनादेखि पूर्णिमासम्म ट्रेलर लगायतका ठूला सवारी साधन सञ्चालनमा रोक लगाएको छ।तर खाद्यान्न लगायतका अत्यावश्यक सामान बोकेका ढुवानी सवारी साधन भने चल्न पाउँछन्।

यातायात व्यवस्था विभागले सूचना निकालेर ‘ट्रेलर लगायतका ठूला सवारी साधन २०८१ असोज १७ गते घटस्थापनादेखि कात्तिक १ गते पूर्णिमासम्म नारायणघाटदेखि काठमाडौंसम्म सञ्चालन गर्न रोक लगाउने’ उल्लेख गरेको छ।

प्रचलित कानुनबमोजिम आयातित मालबाहक सवारीको हकमा भन्सार प्रज्ञापन पत्र र निर्यातित मालबाहक सवारीको हकमा नियम अनुसारको राजश्व तिरेको रसिद हेरेर तेस्रो मुलुकका आयात/निर्यातजन्य ढुवानीका साधन भन्सार कार्यालय बन्द रहने अवधिबाहेक नारायणगढदेखि काठमाडौंसम्मको सडक खण्डमा आवतजावतमा रोक नलगाउने पनि निर्णय भएको छ।विभागले दसैंका बेला काठमाडौं उपत्यका भित्रने र बाहिरिने यात्रुलाई सहज र सुरक्षित यात्राका लागि यस्तो निर्णय लिनुपरेको उल्लेख गरेको छ।