२०८१ मंसिर ११ , मंगलबार

फ्लड केयर नेपाल २०२४: तपाईँको सामसङ प्रदक्त बाढीका कारण प्रभावित भएमा, हामी मद्दत गर्न तयार छौँ

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

अविरल बर्खाको वर्षाले नेपालका धेरै क्षेत्रमा बाढी र पहिरोको असर परेको छ । मानिसहरूको घरमा पानी जम्मा हुँदा सामसङ प्रडक्टहरूमा क्षति पु¥याएको छ।मूल्यवान ग्राहकहरूलाई सहयोग गर्न, सामसङले फ्लड केयर २०२४ अभियान सुरु गरेको छ ।

जहाँ पानीले क्षति पुगेका सामसङका प्रडक्टहरूको मर्मत–श्रम र पार्टपुर्जाहरू बिना कुनै शुल्क उपलब्ध गराउने  जनाइएको छ ।यो सेवा वारेन्टी अवधिभित्र रहेका पानी क्षतिग्रस्त सामसङ प्रडक्टहरूका लागि लागू हुने बताइएको छ ।

ग्राहकहरूले आफ्नो नजिकैको सामसङ सेवा केन्द्रहरू (शर्त तथा नियम लागू) बाट १८ असोज देखि २७ असोज, २०८१ सम्म सेवा लिन सक्नेछन्। उपभोक्ताहरूले आफ्नो मुद्दा दर्ता गर्न २७ असोज, २०८१ सम्म एनसेलः +९७७–९८०१५७२६६७ वा एनटिसीः १६६०–०१–७२६६७ मा सम्पर्क गर्न सक्नेछन् ।