२०८१ मंसिर ७ , शुक्रवार

प्रधानमन्त्री उद्धार कोषमा प्राइम कमर्सियल बैंकको सहयोग

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

प्राइम कमर्सियल बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गरेको छ ।

यही २०८१ साल असोज ११ गते शुक्रवार र १२ गते शनिवार देशमा भएको अविरल वर्षासँगै आएको भीषण बाढीपहिरोका कारण जनधनको अपूरणीय क्षति व्यहोर्नु परेको अकल्पनीय घटनाप्रति प्राइम कमर्सियल बैंक लि. परिवार गहिरो दुःख व्यक्त गर्दै बाढीपीडितहरुको तत्काल

राहत सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ३१,००,०००(अक्षेरेपि एकतिस लाख‍) रुपैंया  आर्थिक सहयोग गरेको बताइएको छ ।