२०८१ आश्विन २० , आइतवार

स्थानीय तहको उपनिर्वाचनका लागि २५ दल दर्ता

Nirbachan-Ayog (1)

सुनाखरी न्युज/ काठमाडौं ।

स्थानीय तह उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सहित २५ दल दर्ता भएका छन् । संविधान बमोजिम ती दल मंसिर १६ गते आइतवार हुने उपनिर्वाचन प्रयोजनका लागि दर्ता भएका हुन् ।

सरकारले उपनिर्वाचन घोषणा गरेपछि निर्वाचन आयोगले १० देखि १६ असोजसम्म दल दर्ताको समय दिएको थियो ।

त्यस अवधिमा २५ राजनीतिक दल दर्ता भएका आयोगका नारायणप्रसाद सापकोटाले जानकारी दिए ।प्रमुख राजनीतिक दलहरु सबैजसो स्थानीय निर्वाचनमा भाग लिने गरी दर्ता भएका छन् ।

उपचुनावका लागि दर्ता भएका दलहरुको सूची: