२०८१ पुष १० , बुधवार

मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या दुई करोड ४९ लाख

mobile banking

सुनाखरी न्युज/ काठमाडौं ।
नेपालमा मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या दुई करोड ४९ लाख नाघेको छ ।

राष्ट्र बैंकका अनुसार चालु आवको पहिलो महिना साउनसम्म मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकको संख्या दुई करोड ४९ लाख ६१ हजार १ सय ६५ पुगेको छ । यो संख्या गत आवको सोही अवधिको तुलनामा ३२ लाख ६९ हजार ६ सय ९१ ले बढी हो ।

 

यो अवधिमा इन्टरनेट बैंकिङ प्रयोगकर्ताको संख्या भने १९ लाख ६२ हजार आठ सय २७ पुगेको छ, जुन गत आवको सोही अवधिको तुलनामा ७५ हजार सात सय १ ले मात्र बढी हो । गत आवको सोही अवधिमा यस्ता ग्राहकको संख्या १ लाख ८७ हजार ४६ थियो ।