२०८१ माघ ३ , बिहिवार

खाद्यले बेच्न थाल्यो खसी र च्याङ्ग्रा, यस्तो छ मुल्य सूचि

khasi-boka

सुनाखरी न्युज/ काठमाडौं ।

खाद्य व्यवस्था कम्पनीले आइतबारदेखि दशैं लक्षित खसी र च्याङग्रा बेच्न सुरु गरेको छ । आइतबार बिहान ८ बजेदेखि बिक्री सुरु गरेको कम्पनीले जनाएको छ ।

काठमाडौं उपत्यकालाई लक्षित गरी कम्पनीले मुस्ताङबाट च्याङग्रा एवम् मकवानपुर, दाङ लगायत स्थानबाट खसी ल्याएको हो ।

 

‘खसी र च्याङ्ग्राको बिक्री आजदेखि सुरु गरेका छौं । ३ सय च्याङग्रा र २ सय ८ वटा खसी काठमाडौं ल्याइसकेका छौं,’ खाद्यकी सूचना अधिकारी शर्मिला न्यौपानेले अनलाइनखबरसँगले भनिन् ।

खाद्यले जिउँदो खसीको मूल्य प्रतिकेजी ६७० रुपैयाँ र जिउँदो च्याङ्ग्राको प्रतिकेजी मूल्य १ हजार २३० रुपैयाँ तोकिको छ । तर, यो मूल्यमा १० रुपैयाँ प्रतिकेजी छुट पाइन्छ ।

 

कम्पनीले मकवानपुर, दाङ लगायत स्थानबाट १ हजार ५ सय वटा खसी र मुस्ताङबाट ३ सय वटा कालो च्याङ्ग्रा ल्याएर बेच्ने तयारी गरेको छ ।

 

कम्पनीको प्रादेशिक कार्यालय थापाथलीबाट नवमीको दिनसम्म खसी र च्याङ्ग्रा खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।