सुनाखरी न्युज/ काठमाडौं ।
माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जु पाँच दिने द्विपक्षीय भ्रमणका लागि भारतको नयाँदिल्ली आइपुग्नुभएको छ ।राष्ट्रपति मुइज्जुलाई राजधानी नयाँदिल्लीस्थित राष्ट्रपति भवनमा औपचारिक स्वागत गरिएको स्रोतले जनाएको छ । राष्ट्रपति द्रौपदी मुर्मू, प्रधानमन्त्री नरेन्द्र मोदीले मालदिभ्सका राष्ट्रपति मुइज्जु र प्रथम महिला साजिद मोहम्मदलाई सोमबार बिहान राष्ट्रपति भवनमा स्वागत गर्नुभएको छ।
राष्ट्रपति मुइज्जु र प्रथम महिला साजिदा मोहम्मदले सोमबार नै नयाँदिल्लीको राजघाट पुगी महात्मा गान्धीको समाधीस्थलमा श्रद्धाञ्जलि अर्पण गरी आगन्तुक पुस्तिकमासमेत हस्ताक्षर गर्नु भएको छ ।भारतको भ्रमणमा रहनुभएका मुइज्जुले सोमबार राष्ट्रिय राजधानीको हैदराबाद हाउसमा प्रधानमन्त्री मोदीसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम तय भएको छ । राष्ट्रपति मुइज्जु माल्दिभ्सकी प्रथम महिलासहित आफ्नो पहिलो द्विपक्षीय भ्रमणका लागि आइतबार भारत आइपुग्नुभएको हो ।
मुइज्जुले आइतबार राष्ट्रिय राजधानीमा विदेश मन्त्री एस जयशङ्करसमक्ष भेटवार्ता भएको थियो । जयशङ्करले मालदिभ्सका राष्ट्रपतिको भारत भ्रमणका लागि स्वागत गर्न पाउँदा खुसी व्यक्त गर्नुभएको थियो भने राष्ट्रपति मुइजुले आफु लगायत आफ्नो प्रतिनिधिमण्डलको न्यानो स्वागतका लागि भारत सरकारप्रति कृतज्ञता व्यक्त गरेको माल्दिभ्सको राष्ट्रपति कार्यालयबाट जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।द्धिपक्षीय बैठकमा जयशङ्कर र मुइज्जुले दुई देशबिचको प्रगाढ सम्बन्धलाई बढावा दिनेबारे छलफल गरेको माल्दिभ्सको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यसका साथै राष्ट्रपतिले मुइज्जुले प्रथम महिला साजिद मोहम्मदसँगै नयाँ दिल्लीमा बसोबास गर्ने माल्दिभ्स समुदायसँग पनि भेटवार्ता गरेको स्रोतले जनाएको छ । अन्तरक्रियाको क्रममा उहाँले माल्दिभ्स समुदायको कल्याण र चुनौतिहरू सम्बन्धि मुद्दाहरू सम्बोधन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।यस वर्षको जुन महिनामा प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी भएपछि मुइज्जुको यो दोस्रो भारत भ्रमण हो । रासस/एएनआई