सुनाखरी न्युज/ काठमाडौं ।
ज्योति विकास बैंक लिमिटेडले काठमाडौंको बानेश्वरमा अवस्थित “Venus Hospital”सँग बैंकका ग्राहकहरूलाई १०५ सम्मको विशेष छुट प्रदान गर्ने सम्झौता गरेको छ।अब, यस सम्झौतासँगै, ज्योति विकास बैंकका ग्राहकहरूले सो अस्पतालमा अस्पतालको बेड शुल्क, इन-हाउस परीक्षणहरूको डायग्नोस्टिक जस्ता विभिन्न सेवाहरूमा १०%सम्मको आकर्षक छुट पाउनेछन्।
ज्योति विकास बैंकले ग्राहकहरूको सुविधालाई प्राथमिकतामा राख्दै, देशका अन्य विभिन्न व्यवसायहरूसँग निरन्तर सहकार्य गर्दै, ग्राहकहरूलाई विशेष छुट र सुविधा प्रदान गर्दै आइरहेको छ।हालै बैंकले चितवनस्थित “Jungle Villa Resort”मा बैंकका ग्राहकहरूलाई १५%सम्मको विशेष छुट प्रदान गर्ने सम्झौता गरेको छ। साथै, बैंकले कमलपोखरीस्थित प्रख्यात “Achar Ghar”,दरबारमार्गस्थित “Mahotsav Restaurant & Bar”हात्तीसारस्थित “Nepal House Restaurant & Bar” तथा कमलादीस्थित “Cafe Lion Heart Tandoori Kitchen”मा बैंकका ग्राहकहरूले १०% सम्मको आकर्षक छुट प्रदान गर्ने सम्झौता पनि गरेको छ ।
संस्थागत सुशासनलाई शिरोपर गर्दै, समाजप्रति उत्तरदायी यस विकास बैंकले नवीनतम चिन्तनका साथ समाजको अभ्युदय र दिगो परिवर्तनको संवाहक बन्दै समस्त नागरिकको जीवन जाज्वल्यमान बनाउने उद्देश्यलाई सदैव उच्च प्राथमिकतामा राख्ने कार्यलाई निरन्तरता प्रदान गर्ने र आगामी दिनहरू पनि परिवर्तनको ज्योति बन्ने अठोट प्रति प्रतिबद्ध रहेको छ। आफ्नो खुद मुनाफाबाट नेपालमा हाल सञ्चालनमा रहेका अन्य बैंक तथा वित्तीय संस्थाहरुले सामाजिक उत्तरदायित्व अन्तर्गत समाजिक कार्यमा गर्ने योगदान भन्दा ५० प्रतिशत बढी रकम छुट्याई समाजप्रति थप उत्तरदायी बनेको यस विकास बैंकले नागरिकको सर्वोत्तम हित सदा उच्च प्राथमिकतामा राखेको बताए।