२०८१ मंसिर ६ , बिहिवार

बेहुली फ्रम मेघौली’ का क्लिप टिकटकमा छ्यापछ्याप्ति भएपछि निश्चलले दिए साइबर ब्युरोमा उजुरी

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

दर्शकको साथ पाइरहेको फिल्म ‘बेहुली फ्रम मेघौली’ का क्लिपहरू टिकटकलगायतका सामाजिक सञ्जालमा छ्यापछयाप्ति भएपछि निर्माताले नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएका छन्।फिल्म हेर्न पुगेका दर्शकले हलमा मोबाइलबाट भिडिओ खिचेर फेसबुक, एक्स, इन्स्ट्राग्राम, टिकटक लगायतमा अपलोड गर्ने क्रम बढेपछि सोमबार साइबर ब्युरो पुगेर उजुरी दिएको निर्माता एवं अभिनेता निश्चल बस्नेतले बताए।

‘हामी केही समयअघि साइबर ब्युरो पुगेर निवेदन दियौं। सामाजिक सञ्जालबाट जति पनि क्लिप अपलोड भएका छन्, ती बन्द गर्न र पाइरेसी गर्नेलाई कारबाही गर्न भन्दै निवेदन दिएका छौं। त्यहाँबाट फिल्मको भिडिओ क्लिप राख्ने अकाउन्टहरू बन्द गर्ने प्रक्रिया अगाडि बढिसकेको छ,’ बस्नेतले भने, ।’

चलचित्र विकास बोर्डले पनि विज्ञप्ति जारी गर्दै फिल्मको पाइरेसी नगर्न भनेको थियो । बोर्डले चलचित्र संघलाई यसमा कडिकडाउ गर्न भन्दै निर्देशनसहितको पत्र पनि काटिसकेको छ । हलबाट फिल्म पाइरेसीमा पर्दा निर्माताले घाटा व्यहोर्नुपर्ने अवस्था समेत देखिने गरेको छ।’बेहुली फ्रम मेघौली’ गत बिहीबारदेखि प्रदर्शनमा आएको हो। यसमा स्वस्तिमा खड्का र निश्चल बस्नेत शीर्ष भूमिकामा छन्।