२०८१ मंसिर ८ , शनिवार

सेयर बजार २६९० अंकमा,सात अर्ब बढीको सेयर किनबेच

share-market-bullish

सुनाखरी न्युज/ काठमाडौं ।

सोमबार नेप्से परिसूचक ३७.१३ अंकले बढेको छ।यसदिन नेप्से १.३९ प्रतिशतले बढेर २६९०.७२ विन्दुमा बन्द भएको छ। सोमबार कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ।

गत कारोबार दिन अर्थात् आइतबार छ अर्ब १३ करोडको कारोबार भएकोमा यसदिन सात अर्ब नौ करोडको कारोबार भएको छ।अघिल्लो दिनको तुलनामा कारोबार रकममा ९६ करोड रूपैयाँ वृद्धि भएको हो।

आज ३०५ वटा धितोपत्रको एक करोड ५८ लाख ४५ हजार ४४९ कित्ता सेयर किनबेच भएको हो।सोमबार १७६ कम्पनीको सेयर मूल्य बढेको छ भने ६६ वटाको घटेको छ। यस्तै, दुई कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।