२०८१ पुष २९ , सोमवार

मेलम्चीको पानी आज मंगलबार सुन्दरीजल पठाइने, दशैं अघि नै घर घरमा

Melamchi

सुनाखरी न्युज/ काठमाडौं ।

सरकार र मेलम्ची बाढी पीडित संघर्ष समितिबीच सहमति जुटेको छ । यससँगै  मेलम्चीको पानी मङ्गलबार काठमाडौंको सुन्दरीजल पथान्तरण गरिनेछ ।

खानेपानी मन्त्री प्रदीप यादव सहितको टोली आन्दोलनरत मेलम्चीका संघर्ष समितिसँग वार्ता गर्न  सोमबार मेलम्ची पुगेको थियो ।

 

हेलम्बु गाउँपालिकाको मेलम्चीमा भएको वार्तामा संघर्ष समितिका जायज मागहरु सम्बोधन गर्ने सहमति भएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले जानकारी दिए । उनले अगाडि भने, ‘मङ्गलबार मेलम्चीको पानी सुन्दरीजलमा पथान्तरण गरिने छ ।’

वार्तामा काठमाडौं उपत्यका खानेपानी लिमिटेडले बिक्री गरेको मेलम्चीको पानीबाट प्राप्त हुने रकमको २५ प्रतिशत हेलम्बु गाउँपालिकाको विकासका लागि उपलब्ध गराउनुपर्ने मागमा मन्त्रलाय र सरोकारवाला निकायहरुबीच छलफल गरी तीन महिनाभित्र टुङग्याउने सहमति भएको छ । साथै हेलम्बु मेलम्ची एकिकृत जलाधार तथा क्षेत्र विकास परियोजना गठनको प्रस्ताव यथाशिघ्र मन्त्रिपरिषदमा प्रस्ताव पेश गरी कार्यन्वयनमा खानेपानी मन्त्रालयले पहल गर्ने सहमति छ ।