२०८१ आश्विन ३० , बुधवार

नेपालका उत्तेजित मतदाता

Ram Krishna Pokhrell

राम कृष्ण पोखरेल-
नेपालमा प्रतिष्मार्धक चुनावको थालनी २०१५ सालको बहुदलिय प्रतिस्धार्मक संसदिय चुनावबाट थालनि भएको देखिन्छ । तत्कालिन चुनावमा दुई दलका बिच मुख्य प्रतिस्पर्धा भएको थियो। नेपाली कांग्रेश र गोरखा परिषद यी दुई दलकै बिच संसदको चुनावी प्रतिस्पर्धा हुंदै गर्दा नेपाली कांग्रेशले दुई तिहाई र गोरखा परिषदले झंडै १८ प्रतिशत मत ल्याई २०१५ सलको संसदमा मुख्य प्रति पक्षको भुमिकामा जनताले राख्न रूचाएर मतदान गरेका रैछन । नेपाली कांग्रेश पार्टिले १०४ बर्षको जहानिया राणा शासनलाई सत्ताच्युत गर्न खेलेको भुमिकालाई कदर गर्दै नेपाली जनताले कांग्रेशको क्रान्तिकारी छविलाई पुरषकृत गरेका थिए । नेपाली कांग्रेशको २०१५ मा स्थापित निती र यस पार्टिका मुर्धन्य नेताहरूको क्रान्तिकारी छविलाई सम्मान गर्दै २०४७मा पुनः लोकतंत्रको स्थापनामा गरेको योगदानलाई कदर गर्दै २०४८ सालको बहुदलिय प्रस्पर्धामा पुनः अर्को एक पटक पुनः संसदमा बहुमत दिई सरकारको बागडोर समात्न नेपाली कांग्रेशलाई जिम्मा दिए ।

बिक्रम संवत २०१५ सालको चुनाव किसान, मजदुर र मध्यम वर्गका जनसमुदायको अपार समर्थन र मुलुकको समग्र जनताको विश्वास पाउन नेपाली कांग्रेश सफल भएको थियो भने बिक्रम संवत २०४८ को संसदको चुनावमा नेपाली कांग्रेशको क्रान्तिकारी छविमा अलि खिया लागेको पनि देखियो । २०४८ को संसदको २०५ सिटको चुनावको परिणामको नक्सांकन गर्दा तराई मधेश र सुदुर पश्चिमी क्षेत्रबाट संसदमा नेपाली कांग्रेश ले बढि ल्याउन ल्याउन सफल भई नेपालको राजकिय सत्तामा पुग्न सफल भयो ।

बिक्रम संवत २०६२र६३ को लोकतात्रिकीकरण पछि हुन गएको संघिय संसदको चुनावमा नेपाली कांग्रेशको क्रान्तिकारितामा क्षयिकरण हुदै रफतार क्रमशः बढेको देखिन्छ । नेपाली कांग्रेशका नेताहरुमा क्रान्तिकारीता, ईमान्दारिता र क्षमतमा रह्यास आएको कारणबाटनै नेपाली कांग्रेशका परंपरागत मतदाताहरू पार्टिलाई र पार्टिले प्रत्यक्ष चुनावमा उम्मेदवार बनाएका प्रतिस्पपर्धिहरु एक पछि अर्कोलाई हराउन उदत्त रहेको देखियो।

बिक्रम संवत २०७९ मंगसिरको चुनावमा नेपाली कांग्रेश पांच वटा राजनितिक पार्टिहरूको गठवन्धनको बैशाषिमा ८९ सासंदको संख्या पुर्याउन पाउदा पार्टिका नेताहरूले घिरौलाको जत्रो नाक बनाएर आफै मपाई बन्ने गरेको पाईयो । नेपाली कांग्रेशले २०७२ सालको संघिय संबिधान सभाको चुनावमा ३६ लाख ४८ हजार ल्याएको मत बिक्रम संवत २०७९ सालको संघिय संसदको चुनावमा आउंदा जम्मा जम्मी २६ लाख ६६ हजार मात्र मत प्राप्त गर्न सक्यो । अर्थात २०७९ सालको संघिय संसदको चुनावमा २०७२ सालको नेपाली कांग्रेशका मतदातामा हरुमा निराशा आएकै कारण झंडै २७ प्रतिशत (९ लाख ७८ हजार) मतदाताले नेपाली कांग्रेश पार्टिलाई मतदान गरेनन ।

नेपाली कांग्रेशका २०७२ सालका मतदातामा अएको निराशा र विचलनबाट नेपालमा भर्खरै वामे सर्दै गरेका दलहरूले कांग्रेशका परंमपरागत मतदातालाई बर्गल्याउन सफल पनि भए । नेपाली कांग्रेश पार्टिको क्रान्तिकारी छवि पुनः स्थापित गर्न वर्तमान नेत्रित्य असफल हुदै गएमा २०८४ को संघिय संसदको चुनावमा नेपाली कांग्रेशका परंपरागत मतदातामा अर्को थप नौ लाख मतदाता स्खलन हुने संकेत देखिन थालेको छ । अर्थात २०७२ र २०८४ को संघिय चुनाव संम्म पुग्दा न पुग्दा नेपाली कांग्रेशका झंडै १९ लाख मतदाताहरूले आ आफना रेल्वेको डब्बा ( compartment) परिवर्तन गरिसक्ने छन । यो डब्बा परिवर्तन गरेर हिडने मतदातालाई भाईव्रेनंट मतदाता साथै यस्ता मतदातालाई अंग्रेजिमा swing voters  भन्ने नामाकरण अमेरीकी राष्ट्रपतिय चुनावमा प्रयोग हुने यो अंग्रेजी शब्द हो ।

अमेरीकामा पनि झंडै १७ देखि २५ प्रतिशत मतदाता भाईव्रेन्ट ९ कधष्लन० मतदाता हुने गरेका छन । यी कधष्लन खयतभचक ले दलको उमेदवार र पार्टिको निती र जनतालाई दिएको आश्वासनमा कतिको खरो सवित हुन सक्छ भन्ने विश्वासको आघार उम्मेदवारलाई मतदान गर्ने गर्दछन । यहि भाईव्रेन्ट ( swing voters) मतदाताको मतदान गर्ने निर्णयबाटनै अमेरीकामा राष्ट्रपति आगामि चार बर्षको लागी को हुने हो भन्ने निर्धारण हुन्छ ।
नेपालको बिगतको बिक्रम संवत २०७२ सालको मतदाकाहरूको मुड हेर्दा अमेरीका उम्मेदवार र उनका दलले अमेरीकी जनताका हितमा लिने नितीले नै प्रथमिकता पाउने गर्दछ । अत झंडै ७५ प्रतिशत मतदाता अमेरीकाको डेमोक्याटिक दल वा रिपबलिक्न दल संग परंपरागत रुपमै अनुबंन्धित रहेका हुन्छन ।

नेपालमा पनि विगत तीन वटा ९२०७२,२०७४ र २०७९० संघिय चुनावमा नेपालका पुराना परंम्परागत दलहरूको मत संख्या क्रमशः घट्दै गएको देखिन्छ । यसमा यी तिन दल मुख्य दलहरू ( नेपाली कांग्रेश, नेकपा ९ एमाले० र माओवादि केन्द्र मध्ये नेपाली कांग्रेशको अवस्था बिक्रम संवतको मिसन ‘८४ को चुनावमा खस्नेकने संभावना रहेको छ । नेपाली कांग्रेशका परंपरागत मतदाताहरू उत्तेजित भई चुनावमा मत खसाल्ननै न जाने अथवा मतदाता नेपाली कांग्रेश बाच बिचलन भई नयां नयां दलको चिन्हमा मत हाल्न सक्ने संभावना बढदै जाने आभस बौद्धिक क्षेत्रले अनुमान गरिरहेका छन ।

बिक्रम संवत २०७२ को सभासदको चुनावमा नेपाली कांग्रेश मत २०७९ सालको संघिय संसदको चुनाव सम्म अउदा नौ लाख ७८ हजार मतदाताको संख्या खस्केको छ । पार्टिले आफ्नो छवि सुधार्ने प्रयास गर्न न सकेमा मिसन ‘ ८४ को संघिय संसदको चुनावमा अर्को ९ लाख ७८ हजार मत अरू नसां नसां दलहरूमा जाने कलो बादल मडारिरहेको देखिन्छ । नेपालका अरू रैथाने पार्टिहरूले चुग्गामा ताउ न लगाए हुन्छ । पुराना रैथाने नेत्रित्य र यिनले ओथरा लगाएर बसेका आ आफ्ना गुट आसे पासे हुक्के बैठकेलाई परंम्परागत रूपमा आ आफ्ना दललाई मतदान गरिरहेका भाईव्रेन्ट मतदाताहरू आ आफना डब्बा ( compartment)  छोडेर अन्यत्र लाग्ने संभावना बढने छ । नया नया लहर नया नया नारा र लामो समय देखि निरूत्साहित मतदाताले नेपालको संघिय संसंदको मिसन ‘८४ को राजनितीक दिशाा र दशा परिवर्तन गर्न युवा युवतीहरू उद्त रहेको देखिन्छ ।