२०८१ आश्विन ३० , बुधवार

ग्लोबल आईएमई बैंकद्वारा लाभांश घोषणा, कर कसले तिर्नुपर्ने हो ?

GIBL-global-ime-bank

सुनाखरी न्युज/ काठमाण्डौ ।

ग्लोबल आईएमई बैंकले लाभांश घोषणा गरेको छ ।
देशकै सबैभन्दा ठूलो बैंकको असोज २१ गते सोमबार दिउँसो ३ः३० बजे सुरु भई ५ः३० बजे सम्पन्न सञ्चालक समितिको ४४६ औं बैठकले आर्थिक वर्ष २०८० ८१ को वितरणयोग्य मुनाफा तथा पूँजी समायोजन कोष समेतबाट सेयरधनीहरुलाई चुक्तापूँजीको ५.५ प्रतिशत लाभांश९बोनस सेयर० वितरण गर्ने निर्णय गरेको छ ।

बोनस सेयरमा लाग्ने करको विषयमा बैंकले नियामकहरुलाई पठाएको पत्रमा उल्लेख गरेको छैन । बैंकका एक उच्च अधिकारीका अनुसार ग्लोबल आईएमई बैंकले पछिल्लो समय बैंक अफ काठमाण्डूलाई मर्जर गरेका कारण बोनस सेयरमा कर लाग्ने छैन । यसको अर्थ सेयरधनीले बोनस सेयरका लागि कर तिर्नुपर्दैन ।

बैंकबाट गरिएको यो प्रस्ताव नेपाल राष्ट्रबैंकबाट स्वीकृत भएपछि र कम्पनीको आगामी १८ औं वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन् ।