२०८१ मंसिर ९ , आइतवार

एभरेष्ट बैंकको नगद लाभांश तपाईको खातामा आयो ?

Everest Logo

सुनाखरी न्युज/ काठमाडौं ।

एभरेष्ट बैंक लिमिटेडले नगद लाभांश शेयरधनीको खातामा जम्मा गरि दिएको छ । आइतबार सम्पन्न साधारणसभाबाट लाभांश पारित भएपछि शेयरधनीको खातामा जम्मा गर्न थालेको हो ।

‘नगद लाभांश शेयरधनीको खातामा राखी दिँदैछौं’, एभरेष्ट बैंकका एक कर्मचारीले भने, ‘बोनस शेयर दशैं लगतै शेयरधनीको खातामा हाल्ने छौं ।’

बैंकले गत आर्थिक वर्षको मुनाफाबाट २०८०- ०८१ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत ५।५३ प्रतिशत नगद लाभांश गरि कुल १५।५३ प्रतिशत लाभांश दिएको छ ।

 

केही शेयरधनीहरुले एभरेष्ट बैंकको लाभांश रकम खातामा आइसकेको बताएका छन् । केही शेयरधनीले मोवाइलको घन्टी भने अझै बज्न बाँकी रहेको बताएका छन् । दशैंअघि लाभांश वितरण गर्ने २० वाणिज्य बैंक मध्ये एभरेष्ट बैंक पहिलो बनेको छ ।