२०८१ आश्विन ३० , बुधवार

प्रतितोला चार सय रूपैयाँ घट्यो सुनको भाउ

Gold

सुनाखरी ज्युज/ काठमाडौं ।

नेपाली बजारमा आज मंगलबार सुन–चाँदीको मूल्य घटेको छ।सोमबार प्रतितोला पाँच सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला चार सय रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६० हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ। चाँदी प्रतितोला एक हजार नौ सय ४० रूपैयाँमा किनबेच भइरहेको छ।