२०८१ मंसिर ९ , आइतवार

मेलम्चीको पानी आजबाट काठमाडौं आउने

Capture

सुनाखरी ज्युज/ काठमाडौं ।

मेलम्ची पानी आजदेखि काठमाडौं आउने भएको छ । आज २ बजे सुन्दरीजलबाट ‘स्विच अन’ गरेर पानी छाड्ने खानेपानीमन्त्री प्रदिप यादवले बताए ।

आन्दोलनरत स्थानीय र हेलम्बु गाउँपालिकासँग सोमबार राति सहमति भएपछि मंगलबारबाटै सुरूङमा पानी हाल्ने तयारी थालिएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले जानकारी दिए।स्थानीयवासीले आन्दोलन गर्न थाले पनि मेलम्ची खानेपानी विकास समितिले भित्रभित्रै तयारी भने गरी नै रहेकाले पानी पथान्तरण गर्न छिटो सम्भव भएको पनि उनले जानकारी दिए।

उनकाअनुसार काठमाडौं पथान्तरण गर्न बनाइएको करिब २७ किलोमिटर सुरूङभित्र पानी भरिएको छ। त्यसकारण आज हालिएको पानी आजै काठमाडौं आइपुगेर वितरण प्रणालीमा जोडिने छ। काठमाडौं अस्थायी तवरले पानी पथान्तरण गर्न लागिएको हो।२०७८ असार १, साउन १६ र १७ गतेको भेलबाढीपछि काठमाडौंमा अस्थायी तवरले पानी ल्याउने गरिन्छ। हिउँदयामभरि पानी ल्याउने र बर्खामा सुरूङ बन्द गर्ने गरिएको छ।