२०८१ आश्विन ३० , बुधवार

नेप्सेमा २७.३९ अंकको गिरावट, कारोबार रकम पनि घट्यो

Share-Working

सुनाखरी ज्युज/ काठमाडौं ।

मंगलबार नेप्से परिसूचक २७.३९ अंकले घटेको छ।यसदिन नेप्से १.०१ प्रतिशतले घटेर २६६३.३२ विन्दुमा बन्द भएको छ।मंगलबार कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ।

गत कारोबार दिन अर्थात् सोमबार सात अर्ब नौ करोडको कारोबार भएकोमा यसदिन चार अर्ब ५९ करोडको कारोबार भएको छ।अघिल्लो दिनको तुलनामा कारोबार रकममा दुई अर्ब ५० करोड रूपैयाँ कमी आएको हो।

आज ३०० वटा धितोपत्रको एक करोड तीन लाख ३० हजार ५०२ कित्ता सेयर किनबेच भएको हो।मंगलबार ३५ कम्पनीको सेयर मूल्य बढेको छ भने २०७ वटाको घटेको छ। यस्तै, दुई कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।