२०८१ माघ ३ , बिहिवार

आजको मौसम: मनसुनी वायु कमजोर हुँदै 

weither

सुनाखरी न्युज/ काठमाडौं।

हाल मनसुनी वायुको प्रभाव रहेको छ। साथै गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत मधेस प्रदेश र बागमती प्रदेशको पश्चिमी भू(भागमा पश्चिमी वायुको प्रभाव रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार कोशी प्रदेश र मधेस प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक(दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

यता यस वर्षको मनसुन कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका सम्पूर्ण भू(भागका साथै काठमाडौँ उपत्यका लगायत बागमती प्रदेशको पश्चिमी भू(भाग र मधेस प्रदेशका पश्चिमी भू(भागको थोरै स्थानहरूबाट बहिर्गमन भइसकेको छ । नेपालको सुदूरपश्चिम प्रदेश लगायत कर्णाली प्रदेशका धेरै तथा लुम्बिनी प्रदेशको पश्चिमी भू(भागको थोरै स्थानहरूबाट असोज २० का दिन यस वर्षको मनसुन बहिर्गमन भएको थियो ।

मनसुनी वायु कमजोर हुँदै गइरहेको हुनाले नेपालको बाँकी भू-भागबाट पनि केही दिनमा मनसुन बाहिरिने सम्भावना रहेको देखिन्छ ।