सुनाखरी न्युज/ काठमाडौं ।
बडादशैं २०८१ को अवसरमा ज्योति विकास बैंकले निस्शुल्क फण्ड ट्रान्सफर योजना सार्वजनिक गरेको छ। यस योजना अन्तर्गत ज्योति विकास बैंकका ग्राहकहरुले बैंकको मोबाइल बैंकिंङ एप ज्योति स्मार्टमा रहेको ज्योति ट्रान्सफर मार्फत पैसा ट्रान्सफर गर्दा कुनै पनि अतिरिक्त शुल्क तिर्नु नपर्ने बताइएको छ।
रु.0 मै फण्ड ट्रान्सफरको योजनाले ग्राहकहरुलाई दशैंको अवसरमा पैसा ट्रान्सफर गर्न सहज हुनुको साथै डिजिटल दक्षिणा पनि थप प्रवर्दन हुने विश्वास बैंकले बोकेको छ। विद्युतीय कारोबारलाई ग्राहकवर्गमाझ थप विस्तार गर्न बैंकले यो योजना सार्वजनिक गरेको छ।डिजिटलाइजेसन र डिजिटल बैंकिङ सेवालाई सक्रिय रुपमा प्रवर्द्धन गर्दै आएको ज्योति विकास बैंकले ग्राहकहरूलाई सुविधाजनक र सुरक्षित पहुँच प्रदान गर्न डिजिटल बैंकिङ प्लेटफर्महरूलाई थप व्यवस्थित गर्दै विभिन्न अत्याधुनिक सुविधाहरू उपलब्ध गराइरहेको छ।
संस्थागत सुशासनलाई शिरोपर गर्दै, समाजप्रति उत्तरदायी यस विकास बैंकले नवीनतम चिन्तनका साथ समाजको अभ्युदय र दिगो परिवर्तनको संवाहक बन्दै समस्त नागरिकको जीवन जाज्वल्यमान बनाउने उद्देश्यलाई सदैव उच्च प्राथमिकतामा राख्ने कार्यलाई निरन्तरता प्रदान गर्ने र आगामी दिनहरू पनि परिवर्तनको ज्योति बन्ने अठोट प्रति प्रतिबद्ध रहेको बताए।