२०८१ आश्विन ३० , बुधवार

सुन-चाँदीको मूल्य घट्यो,कतिमा हुदैंछ कारोबार ?

gold

सुनाखरी न्युज/ काठमाडौं ।

बुधबार छापावाल सुनको मूल्य घटेको छ। मंगलबारको तुलनामा सुन प्रतितोला एक हजार रूपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला एक लाख ५९ हजार एक सय रूपैयाँमा कारोबार भएको छ।

त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ। चाँदी १९ सय रूपैयाँमा कारोबार भएको छ।