२०८१ मंसिर ११ , मंगलबार

विजयादशमीको दिन कहाँ–कहाँ वर्षाको सम्भावना ?

rain

सुनाखरी न्युज/ काठमाडौं ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले फूलपातीदेखि विजयादशमीसम्मको तीन दिनको मौसम पूर्वानुमान गरेको छ ।

बुधबार मध्याह्न १२ बजे दसैँ विशेष बुलेटिन जारी गर्दै महाशाखाले असोज २४ गते फूलपाती, २५ गते नवमी र २६ गते विजयादशमीका दिन कोशी प्रदेश र मधेस प्रदेशसहित बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रहने जनाएको छ ।

यस्तै कोशी प्रदेश र मधेस प्रदेशका थोरै स्थानहरूका साथै बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहने जनाएको छ ।बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने महाशाखाको पूर्वानुमान छ ।