२०८१ मंसिर ११ , मंगलबार

एलजीले बाढीबाट क्षतिग्रस्त इलेक्ट्रोनिक्सको निःशुल्क एक्सचेन्ज र मर्मत सेवा प्रदान गर्दै

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

सीजी इलेक्ट्रोनिक्स अन्तर्गत एलजी नेपालले हालैका बाढी र पहिरोबाट क्षति पुगेका इलेक्ट्रोनिक्सको निःशुल्क एक्सचेन्ज र मर्मत सेवा प्रदान गरिरहेको छ।

यो सेवा प्रदान गर्न, कम्पनीले “एलजीको सहायता सेवा” नामक मर्मत सहायता कार्यक्रम सुरु गरेको छ, जसअन्तर्गत बाढी र पहिरोबाट प्रभावित भएका वारेन्टीभित्रका उत्पादनहरूको निःशुल्क मर्मत गरिने कम्पनीले बताइएको छ।

कम्पनीका अनुसार यो योजना एलजीका सबै उत्पादनहरूमा लागू हुनेछ।यस अभियानअन्तर्गत ग्राहकहरूले १००५ निःशुल्क सेवा र स्पेयर पार्ट्स पाउनुका साथै आफ्नो क्षतिग्रस्त उपकरणहरू साट्नको लागि उत्कृष्ट मूल्य प्राप्त गर्ने सुविधा पाउनेछन्। यो योजना कात्तिक ९ सम्म मान्य हुनेछ, र ग्राहकले यस अवधिभित्र आफ्नो समस्या दर्ता गराउनु पर्ने हुन्छ।

दर्ता र थप जानकारीका लागि ग्राहकहरूले १६६०-०१-००२११ वा ०१-५९७०२११ हेल्पलाइनमा सम्पर्क गर्न सक्नेछन्।